Logo

वाम गठबन्धन : एकता संयोजन समितिको बैठक जारी



काठमाडौं, १८ माघ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक सुरु भएको छ ।

पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। संयोजन समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा ‘बादल’ छन्।

प्रतिनिधि र प्रदेश सभा चुनावमा गठबन्धन गरेर पार्टी एकताको गर्ने घोषणा गरेका एमाले र माओवादीले पछिल्लो समय एकीकृत पार्टीको नेतृत्व र सैद्धान्तिक कार्य्दिशा टुंगो लगाउन सकेका छैनन्।



प्रतिक्रिया दिनुहोस्