Logo

स्वराजले भनिन्,‘म कुनै एजेण्डा लिएर नेपाल आएको होईन’



काठमाडौं, १५ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।

काठमाडौं ओर्लिए लगत्तै विदेशमन्त्री स्वराजले भनिन्,‘नेपाल मित्रराष्ट्र हो, म अहिले एजेण्डा लिएर आएकी होईन् । सम्बन्धलाई सुमधुर बनाउन आएकी हुँ । मित्रसँग भेट्न आएकी हुँ । बस यति हो।’

स्वराजका साथमा भारतका नवनियुक्त विदेशसचिव विजय केशव गोखले, मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली नेपाल आएको छ। विमानस्थलबाट विदेशमन्त्री स्वराज सिधै होटल सोल्टी प्रस्थान गरेकी छन्। त्यहाँ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटघाटको सुरुवात गर्नेछिन्।

नेपालमा रहँदा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा र फोरम नेपालका नेताहरुसँग भेटवार्ता गर्नेछिन् ।



प्रतिक्रिया दिनुहोस्