Logo

वाम गठबन्धन एकता संयोजन समितिको बैठक सम्पन्न, यी हुन तीन निर्णय



काठमाडौं, १८ माघ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार कार्यदलले तयार पारेको रिपोर्ट संयोजन समितिले अनुमोदन गरेको छ । त्यस्तै आजको बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आजबाट सुरु भएको दुई दिने नेपाल भ्रमणबारे पनि संक्षिप्तमा छलफल भएको र उनको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास लिईएको छ ।

प्रतिनिधि र प्रदेश सभा चुनावमा गठबन्धन गरेर पार्टी एकताको गर्ने घोषणा गरेका एमाले र माओवादीले पछिल्लो समय एकीकृत पार्टीको नेतृत्व र सैद्धान्तिक कार्य्िदशा टुंगो लगाउन सकेका छैनन्। त्यसमा पनि अब दुई अध्यक्षहरु बसेर कुरा टुँगो लगाउने सहमति भएको छ ।

पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। संयोजन समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा ‘बादल’ थिए ।



प्रतिक्रिया दिनुहोस्