Logo

ओली-स्वराजवीच एक घण्टा भेटवार्ता, यस्तो भयो कुराकानी



काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच करिब एक घण्टा भेटवार्ता भएको छ ।

स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज राखेको छ । त्यसअघि भेट भएको हो । भेटमा आपसी हितका विषयमा र आगामी दिनमा कसरी जानेबारे खुलेर कुराकानी भएको उच्च स्रोतले जनाएको हो ।

स्रोतका अनुसार विगतका तितामिठा सबै खाले कुराहरुलाई विर्सिएर आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप मजबुद बनाउनेगरि जानुपर्नेमा ओलीले जोड दिएका थिए ।

त्यस्तै स्वराजले आफू प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश बोकेर नेपाल आएको भन्दै नयाँ बन्ने सरकारसँग मिलेर का मगर्न ईच्छुक रहेको सुनाएकी थिईन् ।

भारतीय विदेशमन्त्री बिहीबार अपराहृन काठमाडौं आएकी हुन् । उनले भोलि राष्ट्रपति, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड लगायतलाई भेट्ने कार्यक्रम छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्