Logo

कार्यदलको रिपोर्ट संयोजन समितिद्वारा अनुमोदन



काठमाडौं, १८ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनसम्बन्धि गठित संयुक्त कार्यदलको बैठकलाई अनुमोदन गरेको छ ।

बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताबारे भइरहेको प्रगतिबारे बैठकलाई ब्रिफिङ गर्नुभएको थियो । बैठकमा अध्यक्षद्वयले एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको र केही दिनमा निष्कर्षमा पु¥याइने बैठकलाई जानकारी गराउनु भएको थियो ।

बैठकले शीर्ष नेताले प्रदेश सरकार र संसदबारे कार्यदलले तयार पारेको प्रस्तावलाई अनुमोदन गरेको छ । बैठकमा पार्टी एकता संयोजन समितिका नेताहरु र कार्यदलका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्