Logo

कोपा डेल रे को सेमिफाईनलमा बार्सिलोना विजयी



बार्सिलोना, १९ माघ । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना भ्यालेन्सिया विरुद्ध १–० गोल अन्तरले विजयी भएको छ ।

घरेलु मैदान क्याम्प नोउमा झण्डै ५१ हजार दर्शकमाझ भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेजको एकमात्र गोल निर्णायक बन्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, खेलको ६७ औं मिनेटमा लुइस स्वारेजले हेड मार्फत उत्कृष्ट गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

जुन गोल बार्सिलोनाको जितका लागि निर्णायक बन्यो । जितसँगै बार्सिलोनाले एक गोलको अग्रता बनाएको छ । अब दोस्रो लेग भ्यालेन्सियाको मैदानमा हुनेछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्