Logo

भारतीय विदेशमन्त्री स्वराज स्वदेश प्रस्थान्



काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् ।

नेपाल बसाईको क्रममा उनले राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेकी थिईन् । हिजो अपरान्ह काठमाडौं ओर्लिएकी स्वराजले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी थिईन् ।

स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरिन् । विदेशमन्त्री स्वराजलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरक नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिईन् ।

स्वराजले भारत उड्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरिन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको लञ्च खाएर स्वदेश फर्किएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्