Logo

ग्राण्डी अस्पतालद्वारा पच्चिससय जनाको निःशुल्क स्वास्थ्य परिक्षण



चितवन,  १९ माघ : चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ ।

बुधबार देखी जारी शिविरमा अस्पतालले उच्च रक्तचाप र मधुमेह लगायतका परिक्षण निःशुल्क गरिएको छ भने साथमा आकस्मिक उपचार सेवा समेत उपलब्ध गराएको छ ।

महासंघमा आवद्ध रहेका तीनसय सदस्य संघ समिति र प्रालिबाट देशभरका प्रतिनिधि सहभागी रहेको महाधिवेशनमा आजसम्म दुईहजार पाँचसय जना भन्दाबढीले स्वास्थ्य परिक्षण गराएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापना कालदेखी नै समय समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आइरहेको छ ।

दुर्घटनाबाट हुने चोटपटक जन्य बिरामीहरुकालागि यो अस्पताल एउटा उत्कृष्ट गन्तब्यका रुपमा स्थापित भएको छ । खेलकुदका बखत लाग्ने चोटपटकको क्यामेराको प्रयोगबाट गरिने आर्थोस्कोपिक उपचार र स्पोर्टस् मेडिसिनमा पनि ग्रान्डी अस्पताल पहिलो गन्तब्यका रुपमा रहेको छ । त्यसैगरी न्यूरो सर्जरी, स्पाइनल सर्जरी र ल्याप्रोस्कोपिक रेनल र एब्डोमिनल इन्टरभेन्सनकालागि पनि यो अस्पताल उच्च प्राथमिकताको गन्तब्यको रुपमा स्थापित भइसकेको छ ।

देशको पहिलो इएमएस सेवा जहाँ चिकित्सक र नर्सिङ स्टाफ सहितको टोली, अत्याधुनिक सुबिधा सम्पन्न एमबुलेन्स तथा एयर एम्बुलेन्स सेवाको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी सयौंको संख्यामा बिरामीहरुलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ । यस कार्यमा अस्पतालको छतमा रहेको सुरक्षित हेलिप्याडले पनि महत्वपुर्ण भूमिका खेलेको छ ।

अस्पतालको आइसियू सिसियू ,हाईकेयर, एनआइसियू र पिआइसियूले बिरामीको सघन उपचारको आवश्यकतालाई पुरा गर्नकालागि महत्वपूर्ण भूमिका खेलेको छ ।

एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्