Logo

ओलीमाथि कांग्रेस प्रवक्ता शर्माको कटाक्ष : राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउन लाग्यो



माघ १९, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद छर्लङ्ग भएको भन्दै कटाक्ष गरेका छन् । शुक्रबार सामाजिक संजाल टुइटरमा आफ्नो धारणा राख्दै शर्माले ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटलाई लिएर ओलीप्रति कटाक्ष गरेका हुन्।

ट्वीटमार्फत शर्माले ओलीको राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउन लागेको बताएका हुन् । उग्र रास्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउंदै छ भनी हाल्दिन म १ तर भोटको रोटि सेकिसकेर ’तावा’ त गजबले सेलाइसकेछ नि महोदय?’ शर्माले लेखेका छन् ।

ओलीले जे गरे त्यही काग्रेसले गरेको भए नकारात्मक रुपमा प्रचार गरिन्थ्यो भन्दै शर्माले स्मरण गराएका छन् ।

यस्तो छ शर्माको टुइट :
उग्र रास्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउंदै छ भनी हाल्दिन म ! तर भोटको रोटि सेकिसकेर ञतावाझ त गजबले सेलाइसकेछ नि महोदय ?
कांग्रेसले त्यसो–त्यसो गरेको भए
कसो–कसो भनि सक्नुहुन्थ्यो होला नि ओलिज्यु ?



प्रतिक्रिया दिनुहोस्