Logo

जानकी गाउँपालिका प्रथम अध्यक्ष खुल्ला ब्याटमिन्टनमा कंचनपुर बिजय



रमेश बजगाई / गोपि जैशी ,माघ १९ दुर्गौली : कैलालीको जानकी गाउँपालिका १ दुर्गौलीमा भएको प्रथम अध्यक्ष खुल्ला ब्याट्मिन्टन प्रतियोगितामा कंचनपुरका दिल बहादुर धामी र भरत चन्दको जोडि प्रथम भएको छ ।

नेपालगन्जका इर्फान अन्सारी र रियाज अन्सारीलाई पराजित गर्दै धामी र चन्द जोडि बिजय भएको हो ।

खुल्ला तर्फ दोस्रोमा नेपालगन्ज का अन्सारी जोडि तेस्रो मा तपेन्द्र कुवर र बिरेन्द्र बिस्टको जोडि , र इन्द्र महता /दुर्गा साहुको जोडि रहेका छन । खुल्ला सिङगल तर्फ धनगढी का गौतम कठायत प्रथम नेपालगन्जका रियाज अन्सारी दोस्रो ,इन्द्र महता र इर्फान अन्सारी तेस्रो भएका छन । यस्तै भेट्रान तर्फ लम्कि का बखत बिस्ट र बिरेन्द्र बिस्टको जोडि प्रथम भएको छ।

खुल्ला सिङगल तर्फ धनगढी का गौतम कठायत प्रथम नेपालगन्जका रियाज अन्सारी दोस्रो ,इन्द्र महता र इर्फान अन्सारी तेस्रो भएका छन । यस्तै भेट्रान तर्फ लम्कि का बखत बिस्ट र बिरेन्द्र बिस्ट को जोडि प्रथम भएको छ। टिकापुरका राज कुमार हमाल र सुरेश बम को जोडि दोस्रो भएको आयोजकले जानकारी दिएको छ ।यस्तै आयोजक कृष्ण चौधरी र अमर बिस्ट को जोडि र मसुरिया का चक्र कलेल र रण चन्द को जोडि तेस्रो भएका छन ।

जानकी गाउँपालिकाको आयोजना र कुलरिया युवा क्लबको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा खुल्लातर्फ प्रथम लाई ५१ हजार दोस्रो लाई २५ हजार र तेस्रो लाइ १५ हजार सहित प्रमाणपत्र बितरण गरिएको छ ।

खुल्ला सिङगलतर्फ प्रथम १५ हजार दोस्रो १० हजार र तेस्रोलाई ५ हजार पुरस्कार दिइएको छ ।त्यस्तै भेट्रानतर्फ प्रथम १५ हजार दोस्रो १०हजार र तेस्रोलाई ५ हजार सहित प्रमाणपत्र दिइएको खेल संयोजक धनी राम चौधरीले जानकारी दिनु भयो ।

समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरीले खेलकुद क्षेत्रको बिकासका लागि आफुले विशेष योजना ल्याउने बताउनुभयो ।टिकापुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष नरेश खत्रीले खेलले सबैको मन जोड्ने भएकाले यसलाइ निरंतरता दिनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्