Logo

जनार्दन शर्माको गाडि पुल्चोकमा पल्टियो



२० माघ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए । तर त्यो गाडीमा शर्मा भने थिएनन् ।

आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना भएको हो ।

पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन आफै चढ्छन् भने खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यको लागि प्रयोग हुन्छ ।

बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस्