Logo

बोरुसिया डर्टमन्ड विजयी



जर्मन, २० माघ : जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड विजयी भएको छ ।

डर्टमन्डले कोल्नलाई उसकै मैदानमा ३–२ गोल अन्तरले हरायो । ५० हजार दर्शकमाझ भएको खेलको ३५ औ मिनेटमा मेसी बर्चुआईले गोल गर्न सफल भए ।

जनवरीको खेलाडी ट्रान्सफर विन्डोमा लोनमा डर्टमन्ड आएका बर्चुआईले डेब्यु खेलमा नै दुई गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको डर्टमन्डविरुद्ध ५० औ मिनेटमा कोल्नले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

तर ६२ औ मिनेटमा मेसी बर्चुआईले डर्टमन्डका लागि दोस्रो गोल गर्दै पुनः टिमलाई अग्रता दिलाए । तर ६९ औ मिनेटमा जोर्ज मिरीलेले कोल्नका लागि गोल फर्काएपछि खेल दुई–दुई गोलको बराबरीमा पुग्यो ।

८४ औ मिनेटमा एन्द्रे सुर्लेले गोल गर्दै डर्टमुन्डलाई तीन दुईको जित दिलाए । जितपछि डर्टमन्डको २१ खेलबाट ३४ अंक भएको छ भने शीर्ष स्थानको बार्यन म्युनिखको ५० अंक छ ।



प्रतिक्रिया दिनुहोस्