Logo

पाटनका महिलाहरुसंग नेपाल मेडिसिटी (फोटोफिचर)



ललितपुर, २० माघ । पाटनस्थित् श्री बहालका महिलाहरुको स्वास्थ्य सचेनताका लागि नेपाल मेडिसिटी अस्पतालले आज प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

झिः बहुउद्देश्यीय सहकारी संस्था सम्बद्ध करिब १ सय जना महिलाहरुलाई प्रजनन स्वास्थ्य र चेतना अभिबृद्धिका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले छलफल तथा प्रयोगात्मक विधिहरुका माध्यमबाट उनीहरुलाई जानकारी गराएको थियो ।

अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जुनु बज्राचार्यले उमेर ढल्कदै गएका महिलाहरुमा देखा पर्ने समस्याका बारेमा चर्चा गर्दै त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराएकी थिईन् ।

विशेषगरी महिनावारी रोकिएपछि महिलाहरुको स्वास्थ्यमा आउने परिवर्तन तथा समस्याहरुका बारेमा उनले जानकारी गराएकी थिईन् ।

त्यसैगरी अस्पतालका फिजियोथेरापिष्ट रीमा शाहीले महिनावारी रोकिएपछि कस्तो खालको शारिरीक ब्यायाम गर्ने र त्यसको फाईदा के हुन्छ भन्ने बारेमा अभ्यास तथा जानकारी गराएकी थिईन् ।

झिः बहुउद्देश्यीय सहकारीका स्वास्थ्य समितिका संयोजक रिता शाक्यले पाटन क्षेत्रका महिलाहरुको स्वास्थ्य अभिबद्धिका लागि नेपाल मेडिसिटी अस्पतालले काम गरिरहेको र यस क्षेत्रका महिलाहरुले यसबाट धेरै लाभ लिईरहेको विश्वास दिलाईन् । विशेषगरी अस्पताल सबैका लागि सर्वसुलभ रहेको र पाटन क्षेत्रका विरामीहरुका लागि अस्पतालले विशेष सुविधा र सहुलियत प्रदान गरेकोले यसले आफूहरुलाई धेरै सजिलो भएको भन्दै खुशी व्यक्त गरिन् ।

उक्त सहकारीका अध्यक्ष बाबुराजा शाक्यले अन्तर्राष्ट्रि«य स्तरको अस्पताल स्थानीयहरुको घरदैलोमै आएर स्वास्थ्य अभिबृद्धिका लागि काम गर्नु सह्रानीय कार्य भएको र आम मानिसहरुलाई आफ्नो स्वास्थ्यप्रति जागरुक हुन मद्दत गर्ने बताए ।

७ सय ५० शैयाको नेपाल मेडिसिटी अस्पताल अन्तर्राष्ट्रियस्तरको नेपालकै पहिलो अस्पतालको रुपमा मान्यता प्राप्त गर्ने क्रममा रहेको र नेपालको पहिलो ए सर्टिफाईड ल्याबको रुपमा यसलाई मान्यता दिएकोले गुणस्तरीय सेवाको प्रत्याभूतिका लागि आफूहरु लागि परिरहेको उक्त अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

अस्पतालका सबैले धान्न सक्ने भएकोले यसले आगामी दिनमा नेपालीहरुले उपचारका लागि उत्कृष्ट गन्तब्यको रुपमा यसलाई लिने विश्वास आफूहरुमा रहेको रिमालले विश्वास दिलाए । सम्पूर्ण पूर्णकालीन चिकित्सकहरुको उपलब्धताका कारणले विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म आफ्नो समय अनुकुल बहिरंग सेवामा स्वास्थ्य परीक्षण गर्ने सुविधा यस अस्पतालले प्रदान गरेका पनि रिमालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्