Logo

हेटौँडामा राजधानी चाहिएको होइन, समृद्धि चाहिएको हो : राजेन्द्र पाण्डे



माघ २१, काठमाण्डौ । प्रदेश नम्बर तीनका मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डेले यस प्रदेशको राजधानी हेटौडा अपायक भएको बताएका छन् । ऋषि धमलासँग कुरा गर्दै पाण्डेले प्रदेश तीनका अधिकांश सासंदहरुले पनि अपायक भएको गुनासो गरेको पाण्डेको दाबी छ ।

कांग्रेसका सासंद इन्द्र बानियाँले राजधानी नसार्न धम्की दिएको पाण्डेको आरोप छ । संघियतामा नै आघात पर्न सक्ने भन्दै धम्क्याएको पाण्डेले बताएका हुन् ।
अव्यवहारिक कुरा भयो भने निर्णय सच्याउन हिचकिचाउन नहुने बताउँदै उनले हेटौडाबासीको सम्मानमा पनि काम गरिने बताए ।

“त्यहाँ राजधानी चाहिएको होइन । हेटौँडाको समृद्धि चाहिएको हो ।” पाण्डेले भने ।

एकसय दशजना सासंद मध्ये ३५ जनाभन्दा बढि काठमाण्डौ भ्यालीकै भएको र अन्य धेरैको पनि यहीँ नाता, सम्बन्ध, घर घडेरी भएकाले हेटौँडा उपयुक्त नहुने पाण्डेले बताए । दुई तिहाई बहुमतले स्थायी राजधानी तोक्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्