Logo

मुख्यमन्त्री र सभामुखका बारेमा फोरमसँग औपचारिक छलफल भएको छैन : महतो



माघ २१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संसदीय दलको विधान बनाएर मात्रै दलको नेता चयन गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले पार्टीको बैठकले यसबारे निर्णय गरेको बताए ।

प्रदेश नम्बर २ मा फागुन २ गते सभामुखको चयन हुने भएकाले त्यसअघि नै विधान बनाएर संसदीय दलको नेता चयन गरिने स्पष्ट पारे ।

प्रदेश नम्बर दुईमा कसलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने भन्ने विषयमा संघीय समाजवादी फोरमसँग औपचारिक रुपमा छलफल नगरिएको महतोले बताएका छन् ।

यस प्रदेशमा फोरम र राजपाले गठबन्धन गरेर चुनाव जितेका थिए । यिनै दुईबिच संयुक्त सरकार बनाउने भनिए पनि औपचारिक छलफल भने नभएको महतोले बताएका हुन् ।

ठूला पार्टी बनेको हैसियतले फोरमका तर्फबाट मुख्यमन्त्री बनाउने बताईएको छ । महतोले पनि राजपाले भन्दा केही बढि सिट फोरममले जितेकाले मुख्यमन्त्रीको दाबी गर्नु स्वभाविक भएको बताए ।

फोरमको तर्फबाट मुख्यमन्त्री हुने अवस्थामा सभामुख राजपाका तर्फबाट हुने महतोले स्पष्ट पारेका छन् । सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको महतोले बताए ।



प्रतिक्रिया दिनुहोस्