Logo

नेपाल टेलिकमले मनायो १४ औ वार्षिकोत्सव (फोटोफिचर)



काठमाडौं, २२ माघ । नेपाल टेलिकमको जिएसएम पोस्पेड सेवा प्रयोग गरेर सर्वा्धिक बिल भुक्तानी गर्ने व्यक्तितर्फ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देखिएका छन्।

सोमबार नेपाल टेलिकमले आफ्नो १४ औ वार्षिक उत्सवमा खर्च विवरण सार्वजनिक गर्दा यस्तो देखिएको हो। खर्च विवरणमा कुलमानले वर्ष भरीमा १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ खर्च गरेको देखिएको छ।

यस्तै संस्थागत तर्फ यो वर्ष सूर्य नेपाल प्रालि सबभन्दा अग्र स्थानमा देखिएको छ। उसले वर्ष भरीमा ९ लाख ४६ हजार १ सय ८० रुपैया बिल भुक्तानी गरेको छ।

यस्तै जिएसएम प्रिपेड सेवामा व्यक्तिगततर्फ नयाँ बानेश्वरका पुष्प प्रसाद दुलाल रहेका छन्। उनले ६४ हजार ४ सय ५ रुपैयाँ खर्च गरेका छन्। यसैगरी सीडीएमए पोस्टपेड संस्थागतततर्फ काठमाडौं नव ज्योति इम्पेक्सले सबैभन्दा बढी १८ हजार ६ सय खर्च गरेको देखिएको छ भने व्यक्तिगततर्फ मोरङका दिल बहादुर लावती रहेका छन्। लावतीले ३७ हजार दुई सय खर्च गरेको देखिएको छ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्