Logo

नौ बुँदे मागसहित त्रिवि नेवि संघको हस्ताक्षर, व्यवस्थापकीय सुधारमा जोड



माघ २२, काठमाणडै । “तपाईंको एक मिनेटले कुरा सुन्न सक्छ सिनेटले” भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले आज बृहत हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ ।

हस्ताक्षर कार्यक्रममा विद्यार्थी हितका विभिन्न नौ बुँदै माग समेटिएको छ । पछिल्लो समय त्रिविले बढाएको शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने, सेमष्टेर प्रणालीलाई क्यालेण्डरअनुसार लागु गर्नुपर्ने, क्याम्पसभित्रको क्यान्टिनलाई व्यवस्थित गर्दै एकरुपताको मूल्य कायम गर्नुपर्ने माग अघि सारिएको छ ।

त्यसैगरी उचित विद्यार्थी संख्या पुगेपछि वैकल्पिक विषय पढ्न पाउनुपर्ने व्यवस्था, विश्वविद्याल हाताभित्र सवारी साधन सिक्ने र सिकाउने कार्य बन्द गर्नुपर्ने माग पनि पेश हस्ताक्षर कार्यक्रममा समावेश गरिएको त्रिवि नेवि संघका सचिव सन्तोष चापागाईले जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवि संघ सह महामन्त्री प्रेम राज जोशिले विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा त्रिविमा विद्यार्थी संगठन र आम विद्यार्थीका गम्भीर समस्या समाधान हुन नसकेको बताए । विद्यार्थीको मागप्रति वेवास्ता गरि हरेक मुद्दा र आन्दोलनलाई तुहाउदै आएको कुराप्रती ने वि संघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जोशीको भनाई थियो ।

विभिन्न संकायका विद्यार्थीको माझमा गई गरिएको हस्ताक्षर संकलन कार्यक्रमबारे विद्यार्थी नेता हिमाङ्क भण्डारीले प्रष्ट पारेको थिए । कार्यक्रमको सन्चालन गर्दै संकायअनुसारका सचिवहरु विभव शर्मा, सन्तोष चापागाई र गणेश ठकुल्लाले पनि विद्यार्थीको माग पूरा गराउनका लागि दबाबस्वरुप हस्ताक्षर कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

कार्यक्रमको सभापतित्व त्रिवि नेवि संघ अध्यक्ष सम्झना खत्रीले गरेकी थिइन् । कार्यक्रममा विशिस्ट अतिथीको रुपमा नेवि संघ केन्द्रीय सदस्य तिर्थ गौतम र प्रेम शाही उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्