Logo

ओबोरलाई साझा विषय बनाउनुपर्ने सुझाव



काठमाडौँ, २२ माघ  : नेकपा (एमाले) का नेता माधवकुमार नेपाल इरानमा भएको इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिकल पार्टीजको सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता हुनु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वप्रधानमन्त्री नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा सहभागी राष्ट्रका अधिकांश प्रतिनिधिले एशिया क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) लाई साझा विषय बनाउनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।

नेपालको शान्ति प्रक्रिया र विकासका लागि पनि ओबोरको अवधारणालाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते भएको सम्मेलनमा एशियाका ३०० भन्दा बढी राजनीतिक दल सहभागी थिए ।

सम्मेलनमा सहभागी हुन नेता नेपाल यही माघ १७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्