Logo

रामचन्द्र पौडेलका ज्वाईको पानी पिउने क्रममा सर्केर निधन



माघ २३, काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका ज्वाँई माधब खनालको निधन भएको छ ।
छोरी ज्वाँई खनालको सोमबार राती पानी पिउने क्रममा सर्केर मृत्यु भएको हो ।

चितवन पुलचोक निवासी खनाल प्रेसर र सुगरको भने विरामी रहेका थिए ।

पानी सर्केर गाह्रो भएपछि नजिकैको भरतपुर अस्पताल र्पुयाएपनि उनलाई त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए ।
ज्वाँईको निधनको खबरपछि पोखरामा पार्टीको काममा गएका रामचन्द्र पौडेल चितवन आउने भएका छन्।

४८ बर्षिय खनाल चितवनमा श्रीमती र परिवारका साथ बस्दै आएका थिए । नेपाली काँग्रेसका क्रियाशिल सदस्य बामदेब खनालका छोरा माधवसँग काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरीको विवाह भएको थियो ।

मृतक खनालका छोरा विदेशमा अध्यनरत छन् । छोरा आएपछि मात्र अन्त्यष्ठी गर्ने बताइएको छ । माघ २४ गते बिहान ९ बजे देबघाटमा खनालको अन्त्यष्ठी गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्