जनकपुरधाम, २३ माघ : प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
दुवै दलकका शीर्ष नेताबीच आज जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो ।
दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।
प्रदेश नं २ मा सङ्घीय समाजवादी फोरम नेपालको २९, राष्ट्रिय जनता पार्टीको २५, नेकपा ९एमाले०को २१, नेपाली काँग्रेसको १९, नेकपा ९माओवादी केन्द्र० को ११, नेपाल सङ्घीय समावादी पार्टीको एक र स्वतन्त्र एक सांसद छन् ।
बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले चाँडै नै पुनः वार्ता गरी यस बिषयलाई निष्कर्षमा पु¥याइने बताउनुभयो ।
बैठकमा फोरमबाट अध्यक्ष उपेन्द्र यादव, नेताद्वय रेणु यादव र लालबाबु राउत गद्दी तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु शरत्सिहं भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव र अनिल झाको सहभागिता थियो । रासस