Logo

प्रदेश नम्बर तीनको राष्ट्रियसभा चुनाव ललितपुरमा सुरु



२४ माघ, काठमाडौं । प्रदेश तीनमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ ।

प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल  २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको छ।  जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाइएको छ ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।



प्रतिक्रिया दिनुहोस्