Logo

पुर्व सिडिओ चिया खेतीमा रमाउदैं



सरिता राई : भोजपुर, २४ माघ । काम गर्दा सानो होइन्छ यानकी ठुला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा पुर्व सिडिओ उदाहरणीय बन्नुभएको छ ।

पुर्व सिडिओ भएर विभिन्न जिल्लामा काम गर्नुभएका भोजपुर रामप्रसाद राई गाउँपालिका दलगाउँका गणेश राईले एक हजार रोपनी जग्गामा व्यावसायिक चिया खेती विस्तार गर्न थाल्नुभएको हो ।

महानगर प्रमुखमा समेत सेवा गरिसक्नुभएका राईको आजभोली अधिकांश समय चियाको बिरुवा बिस्तार, हेरचाह, कर्मचारी व्यवश्थापन लगायतमा दिन बित्ने गरेको छ । निजामतीमा लामो समय खर्चिनुभएका राईले कृषि पेसालाई सम्मानजनक पेसाको रूपमा विकास गर्न चाहानुभएको छ ।

राईले कुल ३ करोडको लगानीमा कृषि सहकारी संस्था मार्फत यो पेशा सुरुवात गर्नुभएको हो । नेपाली युवाहरू रोजगारको खोजीमा दिन प्रतिदिन विदेश गइरहेको बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ कृषिमा लागेको उहाँको भनाइ छ ।

खाद्यान्न बालीबाट भन्दा चिया खेतीबाट धेरै आम्दानी लिन सकिने राईले बताउनुभयो । थामडाडाँ टेम्के कृषि सहकारी संस्था लि. स्थापना गरी राईले आफूसँगै १३ जनालाई रोजगार समेत दिनुभएको छ ।

ओख्रे बगान, बतासे चिया नर्सरी, भन्जाङ्गखर्क चिया बगान, भस्मेचौर चिया नर्सरी, चखेवा चिया बगान, कुइभिर चिया बगान लगायत १६ वटा बगानमा ६ लाख चियाको विरुवा विस्तार गरेको बताउँदै राईले भन्नुभयो अझै बिरुवा विस्तार गर्ने सोचमा छु । यो कृषि सहकारीलाई अर्थोडक्स चिया प्रसोधन, कारखाना स्थापना तथा चिया खेतीको व्यवसायीकतामा जोड दिन उन्नती समावेशी वृद्धि कार्यक्रमले समेत आर्थिक सहयोग गरेको छ । राईले उन्नती कार्यक्रम सँगको सहकार्यमा चिया खेतीसम्बन्धी ७१ जना सदस्यहरुलाई तालिम समेत दिइसक्नुभएको छ ।

भोजपुरमा पछिल्लो समय उहाँको उदाहरणीय कार्यलाई देखेर धेरै युवा कृषि व्यवसाय तिर आकर्षित हुन थालेका छन् । राई नेपाली काङ्ग्रेसको राजनितीमा समेत आवद्ध रहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्