Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको क्युपिड प्याकेज अफरको बुकीङ खुला



काठमाडौं, २४ माघ : काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यस बर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ । क्युपिड प्याकेज अफरको बुकीङ आजैबाट खुला गरिएको समेत समाचारमा जनाइएको छ ।

जोडी लक्षित क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले तेह्र हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा अर्को एक जनाको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको छ ।

यो अफर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको पहिलो तल्लामा रहेको वेलनेस सेन्टरमा फेब्रुअरी १४ देखि २८ सम्म अर्थात यस महिनाभर लागू हुने जनाइएको छ । प्याकेजमा डाक्टर सँगको कन्सल्टेसन,सिबिसी,ब्लड सुगर ९फास्टिङ०,लिपिड प्रोपाइल,टिएसएच (थाइराइड टेष्ट), क्रियाटिनिन,एसजिपिटी,एसजिओटी,युरिन रुटिन,चेष्ट एक्स-रे,युएसजी एब्डोमिन एण्ड पेल्भिस,इसिजी,एको,टिएमटी अथवा बि एमडी लगायतका जाँचहरु समावेश गरिएका छन् ।

अस्पतालको एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको वेलनेस सेन्टरले बेसिक हेल्थ चेक–अप, कम्प्रिहेन्सिभ हेल्थ चेक–अप, एक्जिक्यूटिभ हेल्थ चेक–अप, एक्जिक्युटिभ प्लस हेल्थ चेक–अप, डायबेटिज हेल्थ चेक–अप, कार्डियाक हेल्थ चेक–अप, चाइल्ड हेल्थ चेक–अप, सिनियर सिटिजन हेल्थ चेक–अप, किड्नी हेल्थ चेक–अप, वुमन्स हेल्थ चेक–अप लगायतका विभिन्न सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।

थप जानकारी तथा बुकिङकालागिस् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१-५१५९२६६ मा डायल गरी वेलनेस सेन्टरको एक्टेन्सन नम्बर १०१४४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्