Logo

पूर्व राजा ज्ञानेन्द्रलाई भारतको उडिसामा भव्य स्वागत



काठमाडौँ, २४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार भारतको उडिसा राज्य पुगेका छन्। स्थानीय मिडियाहरुका अनुसार बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत गरिएको थियो।

नेपालमा राजतन्त्रको अस्तित्व सकिएर गणतन्त्र आइसकेको भए पनि स्थानीय मिडियाहरुले ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेरै सम्बोधन गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्