Logo

प्रदेश ४ को राष्ट्रियसभा सदस्यको मतपरिणाम सार्वजनिक



पोखरा, २४ माघ (रासस) : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कूल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसका बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित हुनुभएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै, दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित हुनुभएको छ । अन्य समूहका विजेता तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीननाथ शर्मा हुनुहुन्छ ।

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । आजको मतदानमा कूल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्