Logo

तीन नम्बर प्रदेश : वाम गठबन्धनका छ र काँग्रेसका दुईजना विजयी



काठमाडौँ, २४ माघ : राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ३ मा आठ जना निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिनुभयो ।

उहाँको अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी हुनुभएको छ ।

त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी हुनुभएको छ । काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी हुनुभयो । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

 



प्रतिक्रिया दिनुहोस्