Logo

पूर्वस्वास्थ्य मन्त्री पोखरेलद्धारा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ



बर्दिवास, २५ माघ (रासस) : महोत्तरीमा स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु भएको छ । आज बर्दिबासमा स्वास्थ्य बीमा बोर्डले आयोजन गरेको दत्र्ता शुभारम्भ समारोहमा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बर्दिवास–१ का ७४ वर्षीय लोकनाथ भट्टराईलाई स्वास्थ्य बीमा परिचयपत्र प्रदान गर्दै दर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरेलले संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी अधिकारको व्यावहारिक प्रयोगमा स्वास्थ्य बीमा कार्यक्रमले सघाउ पु¥याउने बताउनुभयो । अहिले स्वास्थ्य क्षेत्रमा देखिएका गुणस्तर, पहुँच र व्ययभारको समस्यालाई स्वास्थ्य बीमा कार्यक्रमले सम्बोधन गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बर्दिबास–३ की स्वास्थ्य बीमा दर्ता सहयोगी रञ्जना राईले सोही वडाका बासिन्दा पोखरेललाई बीमा परिचयपत्र उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा जिल्लाकै ४ नं क्षेत्रका प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादव, २ नं प्रदेशबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्य शशिकला दाहाल, जिल्लाका प्रदेशसभा सदस्यहरु शारदा थापा, भरतप्रसाद साह र कौशलकुमार यादवले स्वास्थ्य बीमा कार्यक्रमले गरिब र विपन्न वर्गका नागरिक लाभान्वित हुने हुँदा कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा गुणराज लोहनीले अहिले बीमा दर्ता सञ्चालन भएका जिल्लाका बीमाकर्ताले २०७५ साल जेठ १ गतेदेखि नै स्वास्थ्य सेवा पाउने जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीय तहका १३८ वडामा आजैदेखि दर्ता सहयोगी कार्यकर्ता परिचालन गरिएको छ । जिल्लाका स्वास्थ्य बीमा परिचयपत्रवाहकले महोत्तरीका बर्दिबास अस्पताल, जलेश्वर अस्पताल, गौशाला र रागोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र तथा धनुषाको जनकपुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामध्ये स्वेच्छिक रुपमा कुनै एकबाट उपचार सेवा लिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्