Logo

मुख्यमन्त्रीका लागि प्रदेश एकमा आचार्य, तीनमा शाक्यको सम्भावना बलियो : खनाल



माघ २६, काठमाण्डौ । नेकपा एमालेको नेतृत्वमा सरकार बन्न लागेका प्रदेश नम्बर एक र तीनमा को मूख्यमन्त्री बन्ने भन्नेमा विवाद छ । एकमा शेरधन राइ र भिम आचार्यले आफूलाई मुख्यमन्त्रीका रुपमा दाबी गरेका छन् । त्यसैगरी प्रदेश नम्बर तीनमा राजेन्द पाण्डे र अष्टलक्ष्मी शाक्य दुवैले आफूलाई मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् ।

एमालेका वरिष्ट नेता झलनाथ खनालले भने प्रदेश नम्बर एकमा भिम आचाय र तीनमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनइएने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खनालले प्रदेश नम्बर एकमा भिम आचार्य सिनियर नेता भएकाले उहाँ नै मुख्य मन्त्री बन्ने बताए ।

प्रदेश नम्बर एकबाट प्रतिनिधिसभामा चुनाव जिनेका खनालले भने, “भिम आचार्य वरिष्ट नेता हुनुहुन्छ । उहाँकै सम्भावना देख्छु म ।”
प्रदेश नम्बर तीनमा राजेन्द्र पाण्डे कि अष्टलक्ष्मी शाक्य भन्ने धमलाको प्रश्नमा खनालले अष्टलक्ष्मी शाक्यको बढि मत देखिएको दाबी गरे ।

राजेन्द्र पाण्डे लगायत अन्य आकांक्षी नेताहरुको पनि उचित मुल्या्कन गरिने भन्दै खनालले मुख्यमन्त्रीका लागि शाक्य नै उचित भएको बताए ।

“यसमा अष्टलक्ष्मी शाक्यको बढि मत देखेको छु । आकांक्षी साथीहरु अरु पनि हुनुहुन्छ । सबैलाई राम्रो मूल्याङ्कन गर्नैपर्छ । तर प्रदेश नम्बर तीनमा शाक्य नै अगाडि हुनुहुन्छ ।” खनालले भने ।



प्रतिक्रिया दिनुहोस्