Logo

प्रदेश तीनमा सबैलाई चकित पार्दै डोरमणि पौडेल बन्ने भए मुख्यमन्त्री



२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससागै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

दलको नेता चुन्न एमालेले शुक्रबार गरेको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।
दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका छन् ।

मुख्यमन्त्रीको दाबी गर्दै आएका अर्का नेता राजेन्द्र पाण्डे पछि हटेर शाक्यलाई समर्थन गरेपछि उनैले संसदीय दलको नेतामा बाजि मार्ने अनुमान गरिएको थियो ।
तर शाक्य पौडेलसँग पराजित भइन् ।



प्रतिक्रिया दिनुहोस्