काठमाडौं, २६ माघ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालवीच प्रदेश सरकार गठनको लागि सहमति हुन सकेको छैन् । २ नम्बर प्रदेशमा आ–आफनो दलको नेता मुख्यमन्त्री बन्नुपर्ने दाबीसँगै दुई दलवीच सरकार गठनमा ठोस सहमति हुन नसकेको स्रोतको दाबी छ ।
फोरम नेपालले आफ्नो दल ठूलो भएकोले मुख्यमन्त्रीपनि आँफैले पाउनुपर्ने दाबी गर्दै आएको छ। यता राजपा नेपालले पनि आफूहरु सहमतिमै सरकार गठन गर्ने पक्षमा रहेको बताउँदै आएको छ ।
राजपा नेपालले मुख्यमन्त्रीमा फोरमले दाबी गरे, सभामुख लगायत महत्वपूर्ण मन्त्रालयहरु आफूहरुले पाउनुपर्ने जिकिर गरेको छ । तर फोरमले भने यसमा सहमत जनाई सकेको छैन् ।