Logo

रघुपति जुटमिलमा आगलागी हुँदा रु १० लाख बराबरको क्षति



विराटनगर, २६ माघ (रासस) : विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलमा आज दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार मिलको मेशिन तातेर भएको उक्त आगलागीबाट १० टन जुट र मेशिन जल्दा रु १० लाख बराबरको क्षति भएको छ ।

उक्त आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको सहयोगमा नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्