Logo

ओलीविरुद्ध खनाल, नेपाल र गौतमको मोर्चावन्दी सुरु



काठमाडौं, २७ माघ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै बरिष्ठ नेताद्धय झलना खनाल र माधव कुमार नेपालसहित उपाध्यक्ष वामदेव गौतमले ओलीविरुद्ध मोर्चावन्दी गर्ने खुलासा भएको छ ।

अध्यक्ष ओलीले प्रदेश सभाको मुख्यमन्त्री चयनदेखि सभामुख चयनसम्म गुटबन्दी गरेको र एकलौटी ढंगले अघि बढेको भन्दै अब केन्द्रिय सरकार गठनमा मन्त्रीहरुमा भाग खोज्ने तीन नेताहरुको तयारी रहेको छ ।

माओवादी केन्द्रसँगको एकताको तयारीमा जुटेको एमालेभित्र यस्तो हुनु गलत भएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्ष ओलीले यस्तै गरिरहे राम्रो नहुने भन्दै बरिष्ठ नेता खनाल र नेपालसँगै उपाध्यक्ष गौतमले मोर्चावन्दी कस्ने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्