Logo

ललितपुरमा नेपाल मेडिसिटीको स्वास्थ्य गतिविधि (फोटोफिचर)



काठमाडौं, २७ माघ । सुनाकोठीमा स्वास्थ्य शिविर, गाः बहालमा महिला रोग बारे सचेतना र आदिनाथ मार्गमा स्वास्थ्य उपचार गोष्ठीको आयोजना गरी एकै दिन ललितपुरको ३ स्थानमा नेपाल मेडिसिटीले स्वास्थ्य गतिविधि संचालन गरेको छ ।

सुनाकोठीमा मुटु रोगको शिविर

सुनाकोठीमा मुटु रोगको विशेषज्ञ शिविरको आयोजना गरी करिब १ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अस्पतालका मुटु तथा क्रिटिकल केयर विभागका प्रमुख डा. लभ नर्सिङ्ग जोशी, मुटु रोग विशेषज्ञ डा. साजनमान बैद्य लगायतका चिकित्सकहरु स्वास्थ्य उपचारमा संलग्न रहेका थिए । शिविरमा करिब ८० जनाको ईसिजि समेत गरिएको थियो ।

गाःबहालमा महिला रोग सचेतना

करिब ८० सय जना गाःबहालका महिलाहरु महिला रोग सचेतना कार्यक्रममा सहभागी भए । विशेष गरी महिनावारी रोकिए पछि स्वास्थ्य आउने समस्या, त्यसबाट बच्ने उपायका बारेमा छलफल गरिएको थियो ।

नेपाल मेडिसिटी अस्पतालका महिला रोग विशेषज्ञ डा. विनयराज भण्डारीले महिलाहरुको स्वास्थ्य समस्या, त्यसको निकाकरणका लागि अपनाउनु पर्ने उपाय, शारिरीक ब्यायामको बारेमा बताएका थिए ।

यशोधर महिला समुह, गाःबहालको आयोजना भएको उक्त कार्यक्रममा समुहकी अध्यक्ष निमिता बज्राचार्यले पाटन क्षेत्रका महिलाहरुको स्वास्थ्यमा नेपाल मेडिसिटी अस्पतालसंग निरन्तर सहकार्य गरी घरदैलो कार्यक्रमलाई निरन्तता दिने बताए ।

आदिनाथमा स्वास्थ्य उपचार गोष्ठी

नेपाल मेडिसिटी अस्पताल नजिकै रहेको नख्खु स्थित आदिनाथ मार्गका बासिन्दाहरुसंग अस्पतालको समग्र स्वास्थ्य उपचार प्रणाली, अस्पतालको सदुपयोग, उपचारका लागि देश विदेशबाट आउने विरामीहरुलाई समुदायबाट गर्नुपर्ने ब्यवहार र ब्यवस्थापन, सडक, बत्ती तथा वातावरणको ब्यवस्थापन लगायत अस्पतालले छिमेकी समुदायलाई उपचारमा दिनुपर्ने प्राथमिकता बारेमा छलफल गर्न एक गोष्ठीको आयोजना गरेको थियो ।

छलफलमा सहभागीहरुले उपचारमा आफ्नो अनुभव सुनाउदै अस्पतालको राम्रो पक्ष भनेको छिटो र सुलभ उपचार भएको बताए । विशेष गरी रोग पत्ता लगाई सही उपचार गर्दा छिटो विरामीहरुले राहत पाईरहेको बताए । अस्पताल ठूलो भएकोले विरामीहरुलाई सहज रुपमा सम्बन्धित विभागहरुमा पुग्न अझ पनि समस्या भईरहेकोले अस्पतालले त्यसमा ध्यान दिनुपर्ने सुझाव दिईएको थियो ।

आदिनाथ टोल सुधार समितिका अध्यक्ष डा. देवी प्रसाद आचार्यले नेपाल मेडिसिटी अस्पतालका संधियार छिमेकी भएको नाताले अस्पताललाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । विशेषगरी समुदायको सुलभ र उपचारमा विशेष प्राथमिकता दिन अनुरोध गर्दै समुदायको तर्फबाट पनि सडक सफाई, फोहर ब्यवस्थापन, वृक्षारोपण तथा नख्खु खोला ब्यवस्थापनमा आफूहरु अस्पतालसंग सहकार्य गरी अगाडि बढ्ने अध्यक्ष आचार्यले बताए ।

अस्पतालले आफ्ना छिमेकी समुदायहरुको सहज स्वास्थ्य उपचारका लागि आवश्यक परेको अवस्थामा घरमै चिकित्सक पठाउने, छिमेकीलाई निःशुल्क एम्बुलेन्सको ब्यवस्था, सुलभ उपचारका लागि स्वास्थ्य बीमाको ब्यवस्था लगायतका विविध सुविधाहरु उपलब्ध गराई छिमेकहरुलाई आफ्नो स्वास्थ्यप्रति ढुक्क हुन अस्पतालका महाप्रबन्धक विजय रिमालले आग्रह गरे ।

७ सय ५० शैयाको अन्तर्राष्ट्रिय स्तरको नेपाल मेडिसिटी अस्पताल गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष एवं समाजसेवी डा. उपेन्द्र महतोले स्थापना गरेका हुन ।

नेपाल मेडिसिटी एउटा अभियानको रुपमा रहेको जसले नेपालीहरुलाई अब उपचारका लागि विदेश जानु नपर्ने र त्यसका लागि संसारभरमा उपलब्ध स्वास्थ्य उपचार सेवालाई नेपाल मेडिसिटी अस्पतालबाट उपलब्ध गराउने उनको दृढता कारणले अब नेपालमा गुणस्तरीय स्वास्थ्य सेवामा नीजि क्षेत्रको सुखद् उपस्थिति फलदायी हुने गोष्ठीमा सहभागीहरुले बताए ।



प्रतिक्रिया दिनुहोस्