Logo

जनकपुर महोत्सवले व्यवसायिक क्षेत्रको प्रर्वद्धन हुने डा. महतोको विश्वास



जनकपुर, २७ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मुलुकलाई अब आर्थिक समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ सबैले सोच्ने बेला आएको बताएका छन् ।

आजबाट जनकपुरमा शुरु भएको जनकपुर महोत्सव तथा व्यापार मेला २०७४ को उद्धघाटन् गर्दै बरिष्ठ समाजसेवी समेत रहेका डा. महतोले मुलुकको समृद्धिको लागि अब सबैले आ आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य संघ प्रदेश न २ प्रदेश समितिको आयोजनामा शुरु भएको उक्त महोत्सवको उद्घाटन गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गरेका छन ।

नेपाल उद्योग वाणिज्य संघ प्रदेश समितिका अध्यक्ष शिवशंकर साह हिराको अध्यक्षतामा शुरु भएको महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतोले यस महोत्सवले जनकपुरको व्यवसायिक क्षेत्रको प्रवद्र्धनका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन हुने बताएका छन ।

उद्घाटन समारोहमा पूर्व मन्त्री एवं नवनिर्वा्चित धनुषा ४ का सांसद रघुविर महासेठ, जनकपुर उद्योगवाणिज्य संघका अध्यक्ष ललित साह, पूर्व अध्यक्षहरु, प्रशासनीक अधिकारीहरु सहितको उपस्थिति रहेको थियो ।

फागुन १२ गते सम्म चल्ने महोत्सवमा एक सय एक वटा विभिन्न उत्पादन तथा व्यवसायिक प्रतिष्ठानका स्टलहरु रहेको छन । महोत्सवमा खानपानका साथै मनोरंजनका लागि वाल उद्यान, साँगितक कार्यक्रमहरु समेत राखिएको छ ।

साँगितिक कार्यक्रममा नेपाली , मैथिली र भोजपुरी भाषाका कलाकारहरुको सहभागिता रहने छ । भोली देखी पूर्ण संचालनमा आउने महोत्सवमा ५ लाख भन्दा बढी मानिस सहभागी हुने आयोजले दावी गर्दै आएका छन ।



प्रतिक्रिया दिनुहोस्