Logo

वाम गठबन्धन फुटाएर राष्ट्रपति बन्ने दाउमा देउवा, प्रचण्ड प्रधानमन्त्री



माघ २८, काठमाण्डौ । चुनावमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि पार्टीभित्रैबाट आलोचनाको सिकार बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अबको केही दिनभित्रमा नै सरकार बाहिर हुनेछन् ।

त्यसपछि उनको भूमिका पार्टी सभापतिको रुपमा कांग्रेसलाई बलियो बनाउनु हुनेछ । तर केही प्रभावशाली नेताहरुले नै तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेकाबेला देउवालाई पार्टीभित्र ठूलै चुनौति छ ।

यही कुरालाई मध्यनजर गर्दै देउवा अब राष्ट्रपति बन्ने बाटो खोज्दैछन् । राष्ट्रपति बन्न पाए कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न सहज हुने उनको ठम्याई छ ।

त्यसैले देउवाले एमाले र माओवादीबिच पार्टी एकता नभएको खण्डमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफूलाई राष्ट्रपतिको रुपमा प्रस्ताव गर्न लागेका छन् । कांग्रेसका एक नेताले ऋषि धमलालाई नाम उल्लेख नगर्ने शर्तमा देउवा राष्ट्रपति बन्न चाहेको कुरा खुलासा गरेका हुन् ।

संघीय समाजवादी फोरम र राजपालाई पनि सहमत गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कांग्रेसको भागमा राष्ट्रपति पद मागेर आफैँ राष्ट्रपति बन्ने दाउमा देउवा रहेको ति कांग्रेस नेताले बताए ।

तर कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्