Logo

प्रदेश पाँचमा सरकार गठन प्रक्रिया सुरु, देशकै पहिलो मुख्यमन्त्री बन्दै शंकर पोखरेल



माघ २८, बुटवल । वाम गठबन्धनले सबैभन्दा सहज रुपमा प्रदेश नम्बर ५ मा सरकार बनाउँदैछ । एमालेको भागमा परेको यस प्रदेशमा नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ ।

एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो । सोहीअनुसार पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

वाम गठबन्धनले प्रदेश ५ मा सरकार गठनका लागि आफ्नो दाबी पेश गरेका छन् ।
एमाले र माओवादी केन्द्रले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई एमाले प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन् ।

एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेताहरु प्रदेश प्रमुख झाकहाँ पुगेर मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका हुन् ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नु पर्नेछ ।
पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक प्रक्रिया अनुसार आफू अगाडि बढने बताएका छन् ।

प्रक्रिया सुरु भएसँगै सबैभन्दा पहिला प्रदेश नम्बर पाँचको मूख्यमन्त्री चयन हुने सम्भावना बढेको छ । इतिहासमै पहिलो पटक एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्