Logo

(नाटोज)द्धारा पाण्डेलाई पर्यटन धरोहर सम्मान प्रदान



काठमाडौं, २९  माघ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले यस वर्षको पर्यटन धरोहर सम्मान वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेलाई प्रदान गरेको छ ।

सोमबार राजधानीमा गरिएको कार्यक्रममा पर्यटन व्यवसायीहरु दीपेन्द्रकुमार घिमिरे, अनिल लामा, टासी गुरुङलगायतलाई सम्मान गरियो ।

यस्तै, सन्चारमाध्यमबाट पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै रेडियो नेपालका गोविन्द चिमोरियालाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरियो ।

यस वर्षदेखि संगीत पर्यटनलाई पनि प्रबद्र्धन गर्ने उद्देश्यले संघले गायिका रानु निरौलालाई पनि सम्मान गरेको छ । यसैबीच, राष्ट्रिय पर्यटन पत्रकार संघको अध्यक्षमा शिव अधिकारी चयन भएको जनाइएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्