Logo

समानुपातिक कोटा : एमालेमा नेताका श्रीमती, कांग्रेसमा धनाढ्य



धनराज बास्तविक : काठमाडौं, १ फागुन । जनताकोृ अथक प्रयास र ठुलो लगानीपछि प्राप्त गरेको संविधानले समानुपातिक आरक्षणको व्यवस्था गर्यो । जुन जनताको लागि नभएर सिमित नेता÷कार्यकर्ता र शक्तिशाली व्यक्तिहरुको लागि मात्रै व्यवस्था गरिएको रहेछ भन्दा अन्यथा नहोला ।

अहिले संसदकै ठूलो दल एमालेले जीवनभर पार्टीमा योगदान दिएका कार्यकर्ता भन्दा आफन्तहरुलाई रोजेको छ । एमालेकै सिको गर्दै माओवादीले पनि त्यस्तै मोह देखायो । कांग्रेसले समानुपातिकतर्फ धनाढ्य र व्यापारीहरुसँगै पटक–पटक अवसर पाएकाहरुलाई नै समानुपातिक सूचिमा समावेश गरेको छ ।

समावेशी सिद्धान्त अनुसार विभिन्न छुट्याएको सूचिमा प्रमुख दलहरु क्रमशः एमाले, कांग्रेस र माओवादीले आफन्ततर्फ, धनाढयतर्फ, प्रेमीकातर्फ, ब्यापारीतर्फ भन्दा सुहाउने खालको सूचि निर्वाचन आयोगमा बुझाएको छ भन्दा पनि अन्यथा हुँदैन । प्रमुख दलहरुले यस्तो गम्भिर गल्तीगरेपछि अहिले राजनीतिक बजारमा चर्चा चल्न थालेको छ–दलहरु चुकेका छन् । उनीहरु ऋब कहिल्यै पनि सच्चिने छाँटकाँटमा छैनन्।’

के साँच्चै लोकतन्त्रमा यस्तै हुन्छ ? लोकतन्त्र र समानुपातिक कोटामा कमजोर वर्गको उपस्थित नहुने हो ? आरक्षण बलियाहरुको लागि ल्याईएको खुराक हो ? यावत प्रश्नहरु सामुन्नेमा उभिएका छन् गतिलो उत्तरको पर्खाइमा । संघीय संसदको दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएका ४० सिटमध्ये आधाभन्दा बढि अर्थात २२ जना यसअघि पटक–पटक सांसद र समानुपातिकबाट सभासद भईसकेकाहरुलाई नै दोर्होयाएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको मापदण्ड विपरीत अधिकांश पुरानै अनुहार दोर्होयाएको भन्दै असन्तुष्टि समेत पोखिन थालेको छ । कांग्रेसले पटक–पटक सांसद र मन्त्री भइसकेका र आरक्षणका नाममा यसअघि विभिन्न अवसर पाईरहेका अनुहारलाई समानुपातिक सांसद बनाएको छ । मधेशी कोटामा नेपालका एकमात्रै खर्र्बपति बिनोद चौधरी सांसद बन्दा थारु कोटाबाट २०४८ सालदेखि लगातार चुनाव लड्दै र जित्दैहार्दै आएका पद्मनारायण चौधरीलाई मौका दिएको छ ।

त्यस्तै मधेशी महिलाको कोटामा कोषाध्यक्ष सीतादेवी यादव र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि पर्न सफल भईन् । सीतादेवीका छोरा शुभाष यादव सिरहामा मेयर र प्रदेशसभा दुवै चुनावमा टिकट पाएर पराजित भएका थिए । त्यस्तै पद्मनारायण चौधरीले पनि आफू समानुपातिकमा बसेर छोरालाई प्रदेशसभामा टिकट दिलाएका थिए ।

जनजाति कोटामा अर्बपति शिक्षा उद्यमी उमेश श्रेष्ठ, व्यापारी दिब्यमणि राजभण्डारी, ठेकेदार जीपछिरिङ लामा, कर्मा घले, र बहादुरसिंह लामा परेका छन् ।
त्यस्तै खस आर्यतर्फ सूर्यबहादुर केसीले बाजी मारे । उनी पनि नेपालका प्रतिष्ठित उद्योगपति हुन् । कांग्रेसबाट समानुपातिकमा परेका सूर्यबहादुर केसी चुनावअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका थिए । विनोद चौधरी पनि चुनावअघि एमालेबाट कांग्रेस प्रवेश गरेका थिए । चौधरी २०६४ मा एमालेबाट समानुपातिक सभासद बनेका थिए ।

दलित कोटामा मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा परेका छन्, जसले समानुपातिकमा पटकपटक अवसर पाईसकेका छन् । समानुपातिकमा दुईपटक अवसर पाउनेमा लक्ष्मी परियार र सुजाता परियार पनि परेका छन् । खस आर्य पुरुषमा पटक पटक सांसद र मन्त्री बनेका बालकृष्ण खाँण, दिलेन्द्र बडु, मोहन पाण्डे परेका छन् भने महिलामा सुजाता कोइराला, मीना पाण्डे, उमा रेग्मी, पुष्पा भुसालले नै अवसर लिएका छन् । बिमलेन्द्र निधिले आफ्नी जेठीसासू दीपशिखा शर्मालाई सांसद बनाएका छन् ।

मुस्लिम कोटाका अतहर कमाल मुसलमान, मधेशी कोटाका स्मृतिनारायण चौधरी, थारु महिला कोटाका पार्वती डिसी चौधरी पनि यसअघि सांसद भइसकेका व्यक्ति हुन् ।

कांग्रेसले निर्वाचन आयोगमा पठाएको समानुपातिक सांसदको सूची यस प्रकार छ :

खस र आर्य पुरुष तर्फ : बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डेलाई सांसद बनाएको छ । त्यस्तै खस आर्य महिला तर्फः सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा छानिएकी छन् ।

आदिवासी र जनजाति पुरुष तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, आदिवासी जनजाति महिला, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा रहेकी छन् ।

त्यस्तै कांग्रेसले दलित तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली छानेको छ । दलित महिला तर्फ सुजाता परियार, लक्ष्मी परियार, विमला नेपालीलाई छानेको छ । मधेसी तर्फ विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय रहेका छन् । मधेसी महिला तर्फ सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा छनोट भएका छन् ।

थारू चौधरीतर्फ पद्मनारायण चौधरी, थारु महिला, पार्वता डिसी चौधरी, नमिताकुमारी चोधरीलाई छनोट गरेको छ । मुस्लिम तर्फ अतहर कमल मुसलमान र मुस्लिम महिला सर्वत आरा खानलाई छनोट गरेको छ । समानुपातिक, समावेसी र आरक्षणको सैद्धान्तिक मान्यता विपरित राजनीतिक दलहरुले केन्द्र तथा प्रदेश सांसदको सूची तयार पारेका छन् ।

माओवादी केन्द्रले सार्वजनिक गरेको सांसदको सुचीमा मुल नेतृत्व पंक्तिमा रहेका नेता कार्यकर्ताहरुको आफन्तहरु छनोट भएका छन् । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेको हो ।
त्यस्तै अन्य दलले बुझाएको प्रतिनिधि सभाको समानुपातिक सुचिमा पनि नातेदार भन्दा परका केही महिला बाहेक अरुको नाम खोजेर भेटिदैन ।

समानुपातिक सिद्धान्तले एउटै व्यक्तिलाई पटक–पटक अवस दिनुपर्छ भन्दैन तर हाम्रो मुलुकमा एउटै व्यक्तिलाई धरै पटक अवस प्रदान गरिन्छ र समावेशी सिद्धान्तको गम्भिर अपमान किन गरिदैछ ? आरक्षण जात धर्म र महिला भएकै कारण पाउनुपर्छ भन्ने छैन् । त्यसरी प्राप्त गरिने आरक्षणकोटाको मूल्य हल्का बन्छ । वर्गका आधारमा, वैज्ञानिक आधारमा, विपन्नताको आधारमा, अवसरबाट वञ्चितको आधारमा सरकारले आरक्षण कोटा वितरण गर्नुपर्छ भन्ने आवाजहरु जताततै उठिरहेका छन् ।

राजनीतिक शक्तिको आडमा एमालेबाट संसदमा प्रतिनिधित्व गर्नेमा २०६४ सालमा समानुपातिकबाट सभासद बनेर सुबिधा लिसकेकी राधा ज्ञवाली, विन्दा पाण्डे, तिर्था गौतम, थममाय थापा, सिबमाया तुम्बाहाम्फे, शान्ता चौधरीहरु पुन समानुपातिक सुबिधा लिने सुचिमा कैदछन् । राधा ज्ञवाली उर्जामन्त्री बनेकी थिइन् भने बिन्दा पान्डे भने प्राकृति स्रोत साधन समितिको सभापति बनेकी थिइन ।

काठमाडौबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठका साला विनोद श्रेष्ठ समानुपातिक तर्फबाट सभासद बनेका थिए भने यस पटक उनकै श्रीमती बिना श्रेष्ठ समानुपातिक लिस्ट छ्न । पार्टी उपाध्यक्ष बाम देव गौतम कि श्रीमती तुलसी थापा, पार्टी स्थायी कमिटी सदस्य प्रदेश नम्बर ५ मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेलकी श्रीमती सुजिता साक्य, रघुवीर महासेठकी श्रीमती जुली महतो लगाएयत नेताका नातेदारहारु तथा पटक–पटक मन्त्री भैसकेकाहरु फेरि पनि समानुपातिकमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्