Logo

एकताको खाका तयार, एमालेले बोलायो आकस्मिक बैठक



काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ताले पार्टी एकताबारे नयाँ खाका तयार पारेको छ ।

स्रोतका अनुसार उनीहरुले उक्त खाका आ–आफ्नो पार्टीबाट अनुमोदन गराउने भएका छन् । निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित घरमा ओली प्रचण्डबीच वान टु वान वार्ता भएको थियो ।

ओली र प्रचण्डवीच एकीकृत पार्टीको नाम नेकपा माओवादी केन्द्र राख्ने सहमति भएको छ । त्यस्तै उनीहरुवीच दुवै नेता सह–अध्यक्ष बन्ने पनि सहमति भएको छ । आजै एकता घोषणा गर्ने वाम गठबन्धनका एक शीर्ष नेताले जानकारी दिए ।

यसअघि मंगलबार पनि सोहि घरमा ओली प्रचण्डबीच वार्ता भएको थियो । बैठक सकिए लगत्तै नेकपा एमाले सोही घरमा पार्टीको स्थायी समितिको बैठक बोलाएको छ । आज नै दुई पार्टी सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्