Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भ्यालेन्टाइन-डे बिशेष क्युपिड प्याकेज अफर शुरु 



काठमाडौं, २ फागुन : आज भ्यालेन्टाइन डे आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउँदै गर्दा काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि जोडि लक्षित क्युपिड प्याकेज अफर सहित यो दिवस मनाउँदैछ । अफर आजैवाट शुरु भएको छ ।

एकसाता अघि नामदर्ता गराएका जोडिहरुले आज अस्पतालको वेलनेस सेन्टरमा आएर आफ्नो र आफ्नी प्रेमिकाको स्वास्थ्य परिक्षण गराएका छन् ।
भ्यालेन्टाइन सप्ताह शुरु भएसँगैं अस्पतालले हरेक बर्ष झै यस बर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको हो । क्युपिड प्याकेज अफरको बुकीङ एकसाता अघिबाट नै खुला गरिएको र फेब्रुअरी महिनाको अन्त्यसम्म नाम दर्ता गराउन सकिने ब्यवस्था गरिएको समेत समाचारमा जनाइएको छ ।

जोडी लक्षित क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले तेह्र हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा अर्को एक जनाको स्वास्थ्य परीक्षण निःशुल्क गर्न सकिने व्यवस्था छ ।

यो अफर फेब्रुअरी १४ देखि २८ सम्म अर्थात यस महिनाभर लागू हुने जनाइएको छ । प्याकेजमा डाक्टर सँगको कन्सल्टेसन,सिबिसी,ब्लड सुगर ९फास्टिङ०,लिपिड प्रोपाइल,टिएसएच ९थाइराइड टेष्ट०,क्रियाटिनिन,एसजिपिटी,एसजिओटी,युरिन रुटिन,चेष्ट एक्स(रे,युएसजी एब्डोमिन एण्ड पेल्भिस,इसिजी,एको,टिएमटी अथवा बिएमडी लगायतका जाँचहरु समावेश गरिएका छन् ।

अस्पतालको एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको वेलनेस सेन्टरले बेसिक हेल्थ चेक–अप, कम्प्रिहेन्सिभ हेल्थ चेक–अप, एक्जिक्यूटिभ हेल्थ चेक–अप, एक्जिक्युटिभ प्लस हेल्थ चेक–अप, डायबेटिज हेल्थ चेक–अप, कार्डियाक हेल्थ चेक–अप, चाइल्ड हेल्थ चेक–अप, सिनियर सिटिजन हेल्थ चेक–अप, किड्नी हेल्थ चेक–अप, वुमन्स हेल्थ चेक–अप लगायतका विभिन्न सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।

थप जानकारी तथा बुकिङकालागिस् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१(५१५९२६६ मा डायल गरी वेलनेस सेन्टरको एक्टेन्सन नम्बर १०१४४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्