Logo

प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्ने



काठमाडौँ, २ फागुन / आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको वाणिज्यमन्त्री मिन बहादुर विश्वकर्माले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्