Logo

उपसभामुख पदमा एकल मनोनयनपत्र दर्ता



विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ को उपसभामुख पदमा आज एकल उम्मेदवारी दर्ता भएको छ ।नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले आज प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराउनुभयो ।

उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहनुभएको प्रदेश सचिवालयले जनाएको छ । सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य हुनुभएकी पोखरेल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्