Logo

लालबाबु पण्डित र थममाया थापा मन्त्रीमा नियुक्त



काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापालाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीमा आज नियुक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्रीलगायतको सहभागिता थियो । पण्डितले यसअघि सुशिल कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्