Logo

प्रधानमन्त्री ओलीद्धारा शहीदप्रति श्रद्धाञ्जलि



काठमाडौँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि साथमा थिए । रासस



प्रतिक्रिया दिनुहोस्