Logo

एकता संयोजन समितिको बैठक आज



काठमाडौं, फागुन ४ : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ।

प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकको समय भने टुंगो लागेको छैन। समितिमा दुबै दलका अध्यक्षसहित शीर्ष नेता सदस्य छन्।

बिहीबार नै समितिको बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष ओलीको प्रधानमन्त्रीको सपथ लगायतले समय अपुग भएपछि आज बैठक बस्न लागेको हो।



प्रतिक्रिया दिनुहोस्