Logo

बादल र वर्षमानको लडाँईका कारण माओवादी सरकारमा नगएको खुलासा



काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुनुको कारण सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्नेमा नै विवाद रहेको खुलासा भएको छ ।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार पार्टीभित्रै अहिले सरकारमा नेतृत्व कसले गर्ने भन्ने नै विवाद रहेको बुझिएको हो । पार्टीको तर्फबाट सरकारको नेतृत्व आफूले गर्नुपर्छ भनेर नेताद्धय रामबहादुर थापा बादल र वर्षमान पुनले अत्तो थापेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकारमा सहभागी हुन नसक्ने सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।

तर पार्टीभित्र प्रत्यक्ष निर्वाचन जित्नेलाई नै सरकारमा पठाउनुपर्छ भन्ने आवाज उठिरहेको पनि विशेष सूत्रले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्