Logo

बारबर्दिया तथा जयनगर महोत्सवको आयोजना



बर्दिया, ४ फागुन (रासस) : बर्दियाको पहिचानका लागि प्रथम बारबर्दिया तथा जयनगर महोत्सव २०७४ आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने भएको छ ।

“हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” नाराका साथ बर्दिया तथा बारबर्दिया नगरपालिकाको पहिचानका लागि महोत्सव सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।

फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुने सो महोत्सवमा बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, ऐतिहासिक बढैयाताल, गेरुवा नदीको पुलका साथै बारबर्दिया नगरपालिकाभित्र पर्ने ऐतिहासिक बारबर्दिया, सदाशिव मन्दिर, सत्खोलुवा ताल, रानीजरुवा, बुह्रानलगायत क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सञ्चालन गरिरहेको महोत्सव मूलसमितिका संयोजक रामसोहन थारुले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि स्थल घेरबार, कक्ष निर्माण, मञ्च निर्माण करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्