Logo

पुष्पलाल र मनमोहन पदभन्दा माथि हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली



ललितपुर, ४ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ ।

मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताउनुभयो । अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उहाँले भन्नुभयो, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा असाधारण छाप छाड्नुभयो । ”

प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन स्मृति प्रतिष्ठान सानेपामा रहेको मनमोहन अधिकारीको सालिकमा शुक्रबार माल्यार्पण गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

प्रधानमन्त्री ओलीले पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलगायतले पनि नेकपा(एमाले)का तत्कालीन अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्