Logo

महासंघका नवनिर्वाचित पदाधिकारीद्धारा सपथ



काठमाडौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ५औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकाहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आज होटल सोल्टीमा भएको कार्यक्रममा गत माघ १७ देखि १९ गते सम्म चितवनमा भएको ५औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकाहरुले पद तथा गोपनियताको सपथ खाएका हुन् ।

नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशभरका यातायात व्यवसायीहरुको भलाईको निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै आफूहरुलाई दिएको जिम्मेवारी इमान्दारीतापूर्वक वहन गर्ने बताउनु भयो ।

उहाँले यातायात व्यवसायीका थुप्रै समस्या र वेतिथि रहेको उल्लेख गर्दै अस्वस्थ प्रतिष्पर्धा रहेकाले यसलाई हटाउँदै जाने बताउनु भयो । कामको मुल्यांकन गरि जिम्मेवारी दिईने कुरा बताउँदै सात वटै प्रदेशका उपाध्यक्षहरुलाई निर्देशन दिंदै भन्नुभयो ‘काम गर्न नसक्नेले पदलिन मल्दैन । सबै व्यवसायीहरु इमान्दार र जिम्मेवार बन्नु पर्छ । आफैंबाट सच्चिनु पर्छ ।’ उहाँले सबै संघ समितिहरु सहित महासंघको प्रत्येक वर्ष साधारण सभा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले यातायात महासंघले गर्नु पर्ने धेरै काम रहेको बताउदै वि.स.०६९ साल देखि नभएको भाडा वृद्धि तत्काल सरकारसंग वार्तागरि अगाडि बढ्ने बताउनु भयो । २० वर्षे पूराना गाडी हटाउने सरकारको निर्णय व्यवसायीलाई सहज हुनेगरि व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज)ले सम्पूर्ण व्यवसायीहरुले दिएको जिम्मेवारी वहन गर्ने बताउनु भयो । नवनिर्वाचित कार्य समितिहरु उत्साहका साथ व्यवसायीको पिर मर्कालाई बुझेर काम गर्ने बताउँदै उहाँले व्यवसायीको हरेक समस्यालाई खुलस्त रुपमा सरकार समक्ष पु¥याई पुरा गराई छाड्ने प्रतिवद्धता व्यक्त व्यवसायीको शिर उच्च राखी काम गर्ने बताउनु भयो ।

कार्यक्रममा निवर्तमान का.वा.अध्यक्ष डोलनाथ खनालले स्वर्गीय अध्यक्षको नेतृत्व गुमाउँदा पीडा स्मरण गर्दै राजनीति भन्दा माथी उठेर सबै व्यवसायीको समस्या र मर्कालाई बुझेर काम गर्नु पर्ने कुरा व्यक्त गर्नुभयो । उहाँले कसैको पनि हार र जित नभएको बताउँदै एक एकढिक्का हुन आग्रह गर्नुभयो ।

नवनिर्वाचित महासंघका वरिष्ठ उपाध्यक्षहरु विजय बहादुर स्वाँर, हरिशरण केसी, दिपक अधिकारी, निवर्तमान उप महासचिव सुरेश हमाल व्यवसायीको हक अधिका र समस्याका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नु गर्नुभयो ।

त्यसै गरी सिप्रदि टे«डिङ्ग प्रा.लि.का कार्यकारी निर्देशक राजन बाबु शेरचन, हेवि इक्युपमेन्ट संघका अध्यक्ष तारा बहादुर कुँवर र पूर्व सांसद तथा व्यवसायी लिलादेवि श्रेष्ठले शुभकामना दिनु भएको थियो ।

कार्यक्रम महाधिवेशनका प्रमुख निर्वाचन अधिकृत शंकर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्