Logo

ओली–प्रचण्ड वान-टु-वान वार्ता जारी



काठमाडौं, ६ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकता प्रक्रियालाई अन्तिम रुप दिने भन्दै दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच अहिले वान टु वान वार्ता जारी छ ।

दुई नेताको वार्ता भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सन्चालक दुर्गा प्रसाईंको घरमा चलिरहेको छ ।  झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजका सन्चालक प्रसाईं माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी हुन् ।

एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउनेगरि दुई नेतावीच छलफल चलेको हो । उनीहरुवीचको छलफल सकिएपछिमात्रै एकता संयोजन समितिको बैठक बस्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्